अल इण्डिया बक्सिङमा दुई नेपाली बक्सरले सेमिफाइनल खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 277 पटक हेरिएको

माघ १७, दिल्ली । इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार नेपालका दुई महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

क्वार्टरफाइनलमा जित हासिल गर्दै कम्तिमा काश्य पक्का गरिसकेका त्रिभुवन आर्मी क्लवका बक्सरद्वय बिमला श्रेष्ठ र पुनम रावलले बुधबार सेमिफाइनलमा भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा अपरान्ह हुने खेलमा ५४ केजीकी विमलाले भारतकी मनिषासँग खेल्नेछिन् । विमला ताजिकिस्तानकी सामिएभा फार्डियालाई हराउँदै सेमिफाइनलमा पुगेकी हुन् ।

यस्तै ६४ केजी तौल समूहमा पुनमले बसुमाटरी प्विलाओसँग खेल्नेछिन् । क्वाटरफाइनलमा पुनमले ताजिकिस्तानकी खोलोभा इडीमोखलाई हराएकी हुन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको क्वाटरफाइनलमा नेपालका मनोहर (म्याक्स) बस्नेत, भुपेन्द्र थापा मगर र बिष्णु प्रसाद घले पराजित भएका छन् ।

पुरुषतर्फ हेवीवेट ८१ केजी तौलसमूहमा म्याक्स काजकिस्तानका जुसिप कुवानडिकसँग आरएससीको आधारमा पराजित भए । ६४ केजी तौल समूहका भुपेन्द्र भारतका धिराजसँग अंकको आधारमा पराजित भए । यस्तै ६९ केजी तौलका विष्णु उज्वेकिस्तानका बाटुरोभ बोबो उस्मोनसँग अंकको आधारमा नै पराजित भए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal