ढोरपाटन भलिबलको दोस्रो लिग सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१६
  • |
  • 206 पटक हेरिएको

माघ १६, काठमाडाैं । १३औं ढोरपाटन महिला डबल लिग भलिबलमा मंगलबारदेखि सुपर लिगका खेलहरु सुरु भएका छन् । पहिलो लिगमा उत्कृष्ट भएका सात टिमहरुबीचको दोस्रो लेग सुरु भएको हो ।

सुपरलिग अन्तर्गत मंगलबार ५ खेलहरु भए । गोंगबुस्थित ढोरपाटन भलिबल प्रशिक्षक केन्द्रमा भएको खेलमा पहिलो लिगको शीर्ष स्थानमा रहेको एपीएफ क्लवले मेघौली स्पोर्टस क्लवको टोलीलाई २५–१९, २५–११ र २५–९ को सोझो सेटमा हरायो ।

मेघौलीले दोस्रो हार व्यहोर्ने क्रममा न्यू डायमण्ड एकेडेमीसँग ५–७, २५–८ र २५–९ को सेटमा पराजित भयो ।

मंगलबार दोहोरो जित निकालेको न्यू डायमण्डले नेपाल पुलिसबिरुद्धको खेल भने ३–१ को सेटमा जित्यो । न्यू डायमण्डले २५–१८, १९–२५, २५–२२ र २५–१२ को सेटमा जित हासिल गरेको हो ।

मंगलबारकै अर्को खेलमा त्रिभुवन आर्मीले दाङको श्रीगाउँ खेलकुद बिकास समितिको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दा पोखराको टप्स स्कुलको टोलीसँग भने ३–० कै सेटमा पराजित हुन पुग्यो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal