विमलले गरे मोहन बगानसँग सम्झौता

0

माघ १६, काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगरले भारतीय आइ लिग क्लव मोहन बगानसँग आधिकारिक रुपमा सम्झौता गरेका छन् ।

क्लवले आफनो फेसबुक पेजमा फोटो सेयर गर्दै विमलले क्लवसँग सम्झौता गरेको जनाएको छ ।

मोहन बगानबाट खेल्ने भएपछि विमल हिजो कोलकाता पुगेका थिए । उनले आज टिमका साथिहरुसँग प्रशिक्षण पनि गरेका थिए ।

विमललाई सोनी नोर्देको स्थानमा अनुबन्ध गरिएको हो । हाइटीका खेलाडी नोर्दे घाइते भएपछि उनलाई मोहन बगानले अनुबन्ध गरेको हो ।

Post Add 1025X115
Loading...